सेती अञ्चल अस्पतालमा बिशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा
काठमाडौं। सेती अञ्चल अस्पतालमा बिशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा बिशेषज्ञ चिकित्सक नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ ।
१७ जना विषेशज्ञ चिकित्सकको दरबन्दी रहेको सेती अञ्चल अस्पतालमा १३ जना विषेशज्ञको दरबन्दी रिक्त हुँदा बिरामीले अकालमै ज्यान गुमाउनु परेको हो ।
विशेषज्ञ चिकित्सक नहुँदा एक हप्तामा मात्रै कैलालीमा आधा दर्जन बढीले ज्यान गुमाइसकेका छन् ।
११ औं तहका वरिष्ठ फिजिसियनदेखि बालरोग, बरिष्ठ गाईनोक्लोजिष्ट, बरिष्ठ प्याथोलोजिष्ट, ईएनटी, सायक्याट्रिक्ट, मुटुरोग विशेषज्ञ र डेन्टल सर्जन लगायत ९ औं र १० औं तहका १३ जना चिकित्सकको दरबन्दी खाली रहेको सेती अञ्चल अस्पतालका निमित्त मेसु डाक्टर सजन केसीले बताए ।
अस्पतालमा तीन जना मेडिकल अधिकृतको दरबन्दी पनि खाली छ । मेडिकल अधिकृतसमेत गरी ३१ जनाको दरबन्दी रहेकोमा १६ जनाको दरबन्दी रिक्त छ ।
सुदूरपश्चिमका ७ पहाडी जिल्लाका विरामी यही अस्पतालमा उपचार गर्न आउने भएपछि भएका चिकित्सकलाई भ्याईनभ्याई हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्