तरुण दलले सरकारलाई भन्यो -कालोबजारी बढ्यो नियमन गर्न पर्यो
काठमाडौं, फागुन २७ । नेपाल तरुण दलले कोरोनाका कारण नेपालमा कालोबजारी बढेको र त्यसको नियमन गर्न सरकारसँग माग गरेको छ।
अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति निकालेर दैनिक उपभोग्य बस्तु, खाद्यान्न ,ग्यास ,माक्स, औषधि लगाएत अन्य कुरामा अभाव र कालोबजारी देखिन थालेको भन्दै सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका हुन । ’बजारमा देखिएको कालोबजारी र कृतिम अभाब निगरानी गर्न नेपाल तरुण दल केन्द्रिय समिती तरुण दलका सम्पुर्ण सदस्यलाई निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
साथै तरुण दलले एक अर्का सँग भेट हुदाँ ,हार्दिकता साटासाट गर्दा हात नमिलाई नमस्कार गर्न सबैसँग आग्रह गरेको छ। विद्यालयजस्ता समूहमा बसेर अध्यापन हुने स्थानमा विशेष सावधानी अपनाउन पनि तरुण दलले आग्रह गरेको छ।
एक अर्कामा रंग लगाई सद्भाव साटासाट गर्दै मनाइले होली पर्व बिगतका वर्ष जस्तो ठूला भिडभाड हुने र सांगितिक कार्यक्रम यो वर्ष आयोजना नगर्न नगराउन विभिन्न तहका तरुण दलका समितिहरुलाइ तरुण दलले निर्देशा दिएको छ।
७० सिमा नाका र अन्तर्रा्ष्ट्रिय विमानस्थलको प्रयोग गरि बाहिरी मुलुकबाट आउने ब्यक्तिहरुको स्वास्थ्य परीक्षणमा बिशेष संवेदनशिल हुन सरकारको ध्यानाकर्षण गराउदैँ तरुण दलले अस्पतालमा आवश्यक उपकरण सहितको छुट्टै उपचार केन्द्र र थप सुरक्षित क्वारेन्टाइन ब्यबस्था गर्न सरकारसँग माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्