बिहान चाँडो उठ्नुस्, डिप्रेसनको शिकार हुनबाट बच्नुस् !

काठमाडौं , फागुन २५ । विहान चाँडो उठ्ने हो भने डिप्रेसनको सम्भावना कम हुने एक अध्ययनले निष्कर्ष निकालेको छ । कोलोराडोको बोल्डर विश्वविद्यालयमा गरिएको अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्- विहान छिटो उठ्नु अत्यन्त फाइदाजनक छ, यो कुरा जो कोहीले विहान छिटो उठेर पनि महसुस गर्न सक्छन् ।

उनले थपेका छन्, ’अध्ययनबाट हामीलाई थाहा भयो, जो मानिस राती अबेर सुत्छन् उनीहरुमा डिप्रेसनको समस्या बढी देखिन्छ ।’

अनियमित निद्रा

शोधकर्ताहरुका अनुसार राती अबेर सुत्नेहरुको विवाह हुने सम्भावना पनि अत्यन्त कम हुन्छ । यसले गर्दा राती अबेर सुत्नेहरुले एक्लो जीवन बिताउने सम्भावना बढ्न थाल्छ । यसले गर्दा धूमपान गर्नेहरुको तथा सुत्ने समय नियमित नहुनेहरुमा डिप्रेसनको समस्या बढ्न थाल्छ ।

३२ हजार नर्समा भएको थियो अध्ययन

साइकेट्रिक रिसर्च नामको जर्नलमा प्रकाशन भएको यो अध्ययन ३२ हजार नर्सहरुमा गरिएको थियो । उनीहरुको समय र उनीहरु सुत्ने समयलाई लिएर यो अध्ययन गरिएको थियो । अध्ययनमा सामेल भएका नर्सहरुमा सुत्ने र उठ्ने समय दिनदिनै फेरिने भएकाले उनीहरुमा डिप्रेसन देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्