आर्थिक रुपले सबल नभएसम्म महिलाहरुले आफ्नो आधिकार प्राप्त गर्न सक्दैनन् : मन्त्री अर्याल
काठमाडौं, फागुन २५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन्।अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
उनले संविधानमा उल्लेखित भएका अधिकारहरु सबै भोग्ने अवस्थामा र्पुयाउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिइन् ।सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार नै काम अगाडि बढेको उनले जनाकारी दिइन् ।
राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पूरा गरी महिलाहरु सक्षम छन् भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने उनले बताइन्। म्हिलाले आफ्नो हकअधिकारका लागि आफै आवाज उठाउनु पर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्