क्यान्सर बिरामीको संख्या-अवस्था पत्ता लगाउन तथ्यांक
काठमाडौं – सरकारले क्यान्सरका बिरामीको संख्या र उनीहरुको अवस्था पत्ता लगाउन आजवाट तथ्यांक संकलन कार्य सुरु गरेको छ ।
सरकारका कुनैपनि निकायसँग अहिलेसम्म नेपालमा क्यान्सरका विरामीको यकिन तथ्यांक नभएकाले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत् जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली सुरु गर्न लागेको हो ।
तथ्यांक संकलनका लागि अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने बिरामीका प्रतिवेदन र स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा सूचना लिइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्