औषधी उत्पादकले भन्योे – आत्तिनु पर्दैन, ६ महिना पुग्ने औषधी नेपालमै छ

काठमाडौं , फागुन २३ । भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएका छन् ।

कोरोना भाइरसको असरले नेपलामा औषधि अभाव हुने हल्ला यति बेला फैलीएको छ । तर यता संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको औंल्याएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी दिएको हो । नेपाल औषधी उत्पादक संघले नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने समेत बताएको छ ।

सिटामोलको कच्चा पदार्थ त जनवरी र फेब्रुअरीमा धेरै आयात भएको भन्दै संघले नेपालमा अभाव नै नहुने जानकारी गराएको छ ।

त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले जानकारी दिए । यसरी औषधिको अभाव हुने भन्दै समाचार बाहिर आइरदा नेपालीमा चिन्ता पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्