ऊर्जामन्त्री र नवनियुक्त भारतीय राजदूतबीच भेटवार्ताः यस्तो भयो छलफल
काठमाडौं, फागुन २३ । नेपालका लागि भर्खरै भारतीय राजदूतमा नियुक्त भएका विनयमोहन क्वात्रा नेपालमा रहेका छन् । उनले हिजो मात्रै राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएका छन् । योसँगै अहिले उनले राजनीतिक भेटघाट तीव्र पारेका छन्।
भेटकै क्रममा उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्। राजदूत क्वात्राले शुक्रबार मन्त्रालयमै शिष्टाचार भेट गरेको मन्त्री पुनको सचिवालयले जनाएको छ।सो क्रममा भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका परियोजनाको अवस्थाबारे छलफल भएको बताएको छ ।
विशेषगरी ऊर्जा उत्पादनसँग सम्बन्धित परियोजनाका समस्या र नेपालमा लगानी भित्र्याउनेबारे छलफल भएको बुझीएको छ । बिहीबारमात्रै राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए।















प्रतिक्रिया दिनुहोस्