यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, ट्वीट गर्दै भने- छिट्टै काममा फर्कन्छु
काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि विस्तारै उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ । साथै डाक्टरहरले उनले तरलपदार्थ समेत खान थालेको बताएका छन् ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको बताएका छन् ।रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन्। र त्यसपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ ’साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव् रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु।’
प्रतिक्रिया दिनुहोस्