अस्पतालले भन्यो – प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर छ , नयाँ मिर्गौलाले पनि काम गर्न थाल्यो

काठमाडौं, फागुन २१ । आज मात्रै दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको डाक्टरले बताएका छन् ।

मिर्गौलाको प्रत्यारोपण पछि त्रिवि शिक्षण अस्पतालले गरेको पत्रकार सम्मेलनमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्काले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको बताउँदै शरिरका सबै मुख्य अंगले राम्रोसंग काम गरिरहेको पनि बताउनु भयो ।

यता मिर्गौला दान गर्न समीक्षा संग्रौलाको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । यस अघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्