सलमान खानका ‘फलोअर्स’ पुगे ३ करोड, दिए यसरी धन्यवाद

काठमाडौँ , फागुन २१ । भारतका चर्चित नायक सलमान खानको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड (३० मिलियन) फलोअर्स पुगेपछी उनले आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् ।

हाल ‘राधेः युअर मोस्ट वान्टेड भाइ’ को शुटिङमा व्यस्त रहेका उनले इन्स्टाग्राममा आफ्ना फलोअर्सका लागि एउटा भिडियो सेयर गर्दै धन्यवाद दिएका हुन् ।

इन्स्टाग्राम भिडियो सेयर गर्दै उनले लेखेका छन् ‘उई मा ३ करोड १ सबैलाई धन्यवाद ! ’

उनको यस भिडियोमा एक फ्यानले लेखेका छन्, ‘लभ यु सलमान’, अर्का प्रशंसकले लेखेका छन्, ‘ओहो स्वाग’ र अर्का एक जनाले लेखेका छन्, ‘म तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ सर ।’

प्रतिक्रिया दिनुहोस्