कोरोना : प्रभावित देशलाई विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने

काठमाडौँ, फागुन २१ । विश्व बैंकले कोरोना भाइरसबाट प्रभावित देशहरुका लागि १२ अर्ब डलर सहयोग गर्ने घोषणा गरेको छ।

६० भन्दा बढी देश कोरोनाबाट प्रभावित भइरहेका बेला बैंकले विकासशील मुलुकको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन भन्दै आफ्ना सदस्य राष्ट्रलाई १२ अर्ब डलर सहयोगको घोषणा गरेको हो।

बैंकले कोरोना प्रभावित देशका निजी क्षेत्रसँग मिलेर उक्त देशको अर्थतन्त्रलाई कम प्रभावित पार्न काम गर्ने समेत जनाएको छ। यसैबीच कोरोनाले गर्दा विश्वको अर्थतन्त्रमा नै असर परेको छ ।

यता नेपालमा पनि वैदेशिक रोजगार तथा नेपालको अर्थतन्त्रमा असर पर्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्