अर्थमन्त्री खतिवडाले राजीनामा दिए, छ महिनाका लागि फेरि नियुक्त हुने

काठमाडौं, फागुन २० । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभामा दुई बर्षे कार्यकाल मंगलबार सकिएपछि उनले मुख्य सचिव मार्फत राजीनामा बुझाएका हुन।

राजीनमा दिए पनि खतिवडा आगामी ६ महिनासम्म मन्त्री हुन पाउनेछन्। उनले आगामी बर्षको बजेट ल्याउने छन् । त्यसपछि पनि उनलाइ निरन्तरता दिने भए उनी प्रतिनिधि सभा या राष्ट्रिय सभाको सदस्य बन्नै पर्छ ।

छ महिना मन्त्री बन्नलाइ उनले फेरि सपथ भने लिनै पर्छ । सपथको समय २१ गते बुधबारलाइ राखिए पनि भोली सपथ हुने या पछि हुने भन्ने स्पष्ट हुन सकेको छैन ।

यही संवैधानिक प्रावधान अनुसार खतिवडालाई पुनस् मन्त्रीमा नियुक्त गर्न लागिएको हो। कार्यकाल सकिएका सबै १९ साँसदहरूको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिदाइ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्