स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना प्रभावित भेटिए उपचारको लागि तयारी अवस्थामा छौं

काठमाण्डौ , फागुन १७ । चीनको छिमेकी भएकोले नेपाल कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रेहको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।यस्तो अवस्थामा सरकारले नेपालमा कोरोना प्रभावित भेटिए उनीहरुको उपचारको लागि तयारी अवस्थाथामा रहेको दाबी गरेको छ ।

अहिले तीन वटा अस्पताल तयारी अवस्थामा राखिएको र अरु ३६ वटा अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचार गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आउने सबै जनालाई क्वारेन्टाइनमा राख्न नसकिने भए पनि सरकारले निगरानी भने बढाएको दाबि गरे ।

विदेशबाट आएकाहरुको सम्पर्क नम्बर लिने र उनीहरुलाई १४ दिनसम्म घरमै सुरक्षित भएर बस्न आग्रह गर्ने गरिएको पनि उनले बताए । रुघा लागेको व्यक्तिले मास्क लगाउने, अरु मानिसभन्दा अलि टाढा बस्ने, बेलाबेलामा हात धुने गर्नाले पनि सङ्क्रमण फैलिन केही कम हुने भएकाले व्यवहार परिवर्तन गर्न उनले सुझाव दिए ।

यसैबीच आफ्ना नागरिकलाई सुरक्षीत राख्न सरकार गम्भीर हुन आग्रह गरिएको छ । चीन छिमेकी नजिकै रहेकाले पनि नेपाल उच्च जोखिमा रहेको छ । यसका लागि सरकारले बेलैमा सावधानी अपनाउन सक्नु पर्छ । अहिले विश्वका ६० देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्