पार्टीको सबै निर्णय सरकारले मान्नैपर्छ भन्ने छैन: उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, फागुन १७ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको सबै निर्देशन सरकारले मानैपार्र्छ भन्ने नभएको बताएका छन्। शनिबार सुनसरीको इटहरीमा प्रेस संगठन नेपाल प्रदेश १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकार पार्टीको नीति र घोषणापत्रअनुसार चल्ने बताए । नेकपाको सचिवालयभित्र पनि अर्को सचिवालय भएको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णय नमान्ने भन्दा पनि सचिवालयभित्रको सचिवालयको निर्णय नमानेको दाबी गर्दै पोखरेलले गुटको भेलाको निर्णय सरकारले नमान्ने जिकिर गरे ।
उपप्रधानमन्त्री पोखरेलले योजनाअनुसार सरकारले काम गरिरहेको बताउँदै पहिलो वर्ष आधार निर्माण गरेको, दोस्रो वर्ष काम सुरु गरेको, तेस्रो वर्ष कामको गति दिने र चौथो वर्ष परिणाम आउने दावी गरे। उनले कम्युनिष्ट पार्टी सरकारमा पुगेको बाहिरी र केही भित्री शक्तिलाई नपचेको बताए।
बेलाबेला केही काण्ड निकालेर सरकारलाई असफल बनाउने खेल भइरहे पनि त्यो सफल नहुने उनको भनाइ रहेको थियो । नेकपामा सरकारले पछिल्लो समय वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान नमानेपपछि विवाद चुलीएको छ । अर्का नेकपाका अध्यक्ष प्रचण्डले भने लैजानै पर्छ भन्ने अडान गरेका छन् । उनले पार्टीको निर्णय सरकारले मान्ने पर्ने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्