पार्टी भित्र नेताबीच बहस हुनु स्वभाविक हो : गृहमन्त्री थापा

काठमाडौं, फागुन १७ । केही दिनदेखि नेकपा पार्टी्भित्र विवाद देखिएको छ । यो विवादलाई सबैले आ आफ्नै तरिकाले औंल्याएका छन् । यसैबीच गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टी्भित्र देखिएको विवाद सामान्य भएको बताएका छन् । आज पोखरामा पत्रकारसँग कुरा गर्दै उनले समसामयिक विषयमा पार्टी भित्र नेताबीच बहस हुनु स्वभाविक भएको बताएका हुन् । उनले कहिले काहीं बहस हुन आवश्यक रहेको औंल्याए ।

पार्टीले राष्ट्रिय सभाका पठाउने निर्णय गरेका उपाध्यक्ष बामदेव गौतमको नाम प्रक्रियागत रुपमा मन्त्रीपरिषदले सिफारिस गर्ने गृहमन्त्री थापाको भनाइ थियो । उनले अहिले नै मध्यावधि चुनाव सम्भव नभएको समेत स्पष्ट पारे ।पार्टीको विवाद बढेर सदन विघटन हुने र मध्यावधिमा जानसक्ने कुरा अनुमान मात्रै भएको गृहमन्त्री थापाको भनाइ थियो ।

पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले केही दिनभित्रै कालापानी क्षेत्रसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरिने पनि जानकारी दिए । सीमा विवाद अन्त्यका लागि भारतीय पक्ष पनि सकारात्मक भएको मन्त्री थापाको भनाइ थियो । तर सरकारले अहिले सम्म सिमा विवादका विषयमा त्यस्तो कार्य गर्न सेकेको छैन । नक्सामा मात्रै समेटेर हुँदैन ।

प्रतिक्रिया दिनुहोस्