राजधानी माग गर्दै थालिएको आन्दोलनले दाङ, डोटी, विरगन्ज र धनकुटाको जनजिवन प्रभावित

काठमाडौं । राजधानीको माग गर्दै विभिन्न जिल्लामा सुरु भएको आन्दोलनका कारण जनजनजिवन प्रभावित भएको छ । गत बुधबार सरकारले प्रदेशको अस्थायी मुकाम तोकेसंगै दाङ, डोटी, विरगन्ज र धनकुटाको जनजिवन प्रभावित भएको हो ।

धनकुटामा आन्दोलनरत पक्ष र स्थानिय प्रशासन बीच हिजो भएको बार्ता निश्कर्ष बिहीन भएपछि आन्दोलनकारीहरुले थप संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन । आन्दोलनरत पक्षलेसोमबार सम्म बिहान ५ बजे देखि बेलुका ५ बजेसम्म यातायात,बजार तथा सम्पूर्ण क्षेत्र बन्द हुनेगरी आम हडतालको घोषणा गरेको छ ।

सरकारको निर्णयको विरोधमा बिहान ११ बजे धनकुटा बजारमा बिरोध र्याली प्रदर्शन गरी घर–घरमा कालो झण्डा र कालोपट्टी बाँधेर बिरोध जनाउने विदुर खवासले दिए ।

सरकारले प्रदेश २ को राजधानी जनकपुर बनाउने निर्णय पछि सुरु भएको आन्दोलनका कारण वीरगन्जको जनजिवन पनि प्रभावित भएको छ । आज पनि त्यहाँबाट छुट्ने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधान छुटेका छैन भने विद्यालय,कलकारखाना सबै ठप्प छन् ।

उता प्रदेश नम्वर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि राजधानीको माग गर्दै अनिश्चितकालिन दाङ बन्दको आव्हान गरी आन्दोलन गरिरहेका स्थानीयले आजदेखि राजमार्ग केन्द्रीत आन्दोलन सुरु गरेका छन् । उनिहरुले आज दाङको लमहिमा बृहत सभा तथा प्रदर्शन गर्ने भएका छन ।

प्रदेश ७ को केन्द्र धनगढी तोकिएपछि डोटीमा सुरु भएको आन्दोलनका त्यहाँको पनि जनजिवन प्रभावित भएको छ । शान्ती पुर्ण विरोधमा प्रहरीले हस्तक्षप गरेको भन्दै आजदेखि आन्दोलनलाई कडा बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्