अर्थमन्त्रीमा खतिवडा दोहोरिने पक्का, अर्थमन्त्रीले भने- “२१ गते मेरो शपथ छ, त्यही दिन भेटेर कुरा गरौंला ”
काठमाडौं , फागुन १५ । अर्थमन्त्रीमा युवराज खतिवडा दोहोरिने पक्का भएको छ ।मन्त्री खतिवडाले अर्थमन्त्रीमा आफू नै दोहोरिने र २१ गते शपथ लिने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्तासमेत रहेको अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।आगामी २० गते रिक्त हुने भनिए को राष्ट्रियसभा सदस्यमा उनी दोहोरिने वा नदोहोरिने पक्का नभए पनि अर्थमन्त्री भने खतिवडा नै दोहोरिने भएका हुन् ।
अर्थमन्त्री खतिवडाले भने, “२१ गते मेरो शपथ ग्रहण गर्ने दिन तोकिएको छ, त्यही दिन भेटेर कुरा गरौंला ।” राष्ट्रियसभा सदस्य नदोहोरिए पनि आगामी ६ महिनाका लागि उनी नै अर्थमन्त्री हुनेछन् भने आगामी आर्थिक वर्षको बजेट पनि उनैले ल्याउने भएका छन् ।















प्रतिक्रिया दिनुहोस्