गुम्ने नै भयो अर्थमन्त्री डा. युवराज खतिवडाको पद

काठमाडौं, फागुन १४ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभामा निरन्तरता नपाउने पक्का भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधवार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्यको कोटामा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपतिलाई सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेपछि खतिवडाले निरन्तरता पाउने सम्भावना टरेको हो ।

सांसदको रूपमा निरन्तरता नपाउँदा उनले अर्थमन्त्रीको जिम्मेवारीसमेत बढीमा ६ महिना मात्र लम्ब्याउन सक्नेछन् । तर संविधानविद्हरूले भने सांसद नरहेको दिनबाटै मन्त्री पद पनि समाप्त हुने बताउँदै आएका छन् ।

संविधानमा संसद्को सदस्य नरहेको व्यक्ति पनि मन्त्री बन्न सक्ने र ६ महिनाभित्र संसद्को सदस्यता लिइसक्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्