राष्ट्रियसभा सदस्यको शपथ २१ गते, आफ्नो पहिचान झल्किने पोशाकमा आउनु पर्ने
काठमाडौं , फागुन १३ । राष्ट्रियसभा सदस्यको शपथ २१ गते हुने भएको छ । नवनिर्वा्चित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । गत माघ ९ गते निर्वा्चित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको हो ।
राष्ट्रिय पोशाक वा आ(आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ ।
साथै आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ । त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी ३ दिन अगावै संघीय संसद सचिवालयमा पठाउनु पर्ने छ ।
शपथ लिने राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि एकरएक प्रतिसहित एक घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ ।
१८ जना सदस्यको दुई वर्षे कार्यकाल यही फागुनमा सकिने भएपछि उनीहरुको स्थानमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वा्चित भएका छन् ।
प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशबाट २ जना निर्वा्चित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्