अर्थमन्त्री भन्छन् -निजी क्षेत्रलाई नियमन गर्ने कि खुला गर्ने दुविधामा छु

काठमाडौं , फागुन १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई कति नियमन गर्ने र कति खुल्ला छोड्ने भन्ने विषयमा आफूमा दुविधा उत्पन्न भएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र विश्व बैंकको आयोजनामा भएको ‘नेपालमा व्यवसायिक वातावरण सुधार’ सम्बन्धि गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् । उनले व्यवसायिक वातावरण आंशिक खुलापन र केही नियमनको संयोजनमा राम्रो हुने उल्लेख गरे

निजी क्षेत्रको अतिनियमनका कारण व्यवसायिक गतिविधि बढ्न नसकेको अभिव्यक्ति दिंदै अर्थमन्त्रीले कुनै पनि व्यवसायलाई नियममा बाँध्न जरुरी रहेको औंल्याए ।

‘नियममा बाँध्न या बाँधिन जरुरी हुन्छ भन्ने सन् २००७ को विश्वव्यापी वित्तिय संकटले पनि देखाइसकेको छ,’ उनले भने, ‘तर अहिले पनि हामी नियमन हुनुहुन्न भनिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्