सिमा विवाद छिटो समाधानतिर लागौं, सरकार कहाँ भुलेको छ: भीम रावल

काठमाडौं, फागुन १३ । नेकपाका सांसद भीम रावलले नेपाल भारतको सिमा विवाद समाप्त पार्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा बोल्दै नेता रावलले लिपुलेक र कालापानीको सिमा विवादमा सरकारले चालेका कदमका बारेमा सदनमा जानकारी गराउन र सबै राजनीतिक दलबीच सहमति गरी अघि बढ्न माग गरे।भारतले महाकाली क्षेत्रमा संरचना निर्माण गरिरहेकाले समयमै सरकारले त्यसलाई रोक्न पहल गर्नुपर्ने माग उनको माग छ।

‘सीमा सुरक्षा र राष्ट्रको स्वाभिमानको रक्षा गर्न प्रशस्त बजेट व्यवस्था होस्। सबै राजनीतिक दलहरुको बैठक बसेर महाकालीको बाटो निर्माण गर्ने रोक्ने काम होस्,’ उनले भने, ‘असमान सन्धि र प्रावधान हटाउने कार्यलाई अगाडि बढाउने काम किन भएन?’

ईपिजी प्रतिवेदनबारे पनि सरकारको ध्यानाकर्षण रावलले गराएका थिए।रावलले राज्य व्यवस्था समितिमा लामो समयदेखि रोकिएको नागरिकता विधेयकमाथि पुन छलफल चलाउन उनले माग गरेका छन्।हालै सार्वजनिक भएको भ्रष्टाचारका प्रकरणमा संलग्न व्यक्तिले जिम्मेवारी लिनुपर्ने टिप्पणी उनको छ।

भ्रष्टाचार घटना सार्वजनिक हुदाँ विगतमा राजनीतिक दलका उच्च नेताले यस्तो नैतिकता देखाएका थिए कि थिएनन् भन्ने कुरा हेर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्