नायिका आँचल र उदीपले गरे इन्गेजमेन्ट, अब बिहे कहिले ?

काठमाडौं , फागुन १३ । केही समय अगाडिदेखि प्रेममा रहेका नायिका आँचल शर्माले र उदिपले अन्ततस् इन्गेजमेन्ट गरेका छन् ।

चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले डा उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्। उदिप र आँचल केही समय अगाडिदेखि प्रेममा छन्।

उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ। विवाहपछि पनि आँचलले चलचित्र क्षेत्रबाट टाढा नहुने बताएकी छिन् । यस अघि नायीका आँचलको नाम नायक पल शाह सँगै जोडिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्