नेकपाको सचिवालय बैठक बस्दै , बास्कोटा प्रकरण र एमसीसीबारे छलफल हुने

काठमाडौँ , फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठक केहि समय पछि बस्दैछ । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा सुशासनको सवालमा पार्टी्भित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ ।

नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्