चीनमा रोग फैलिँदा नेपाली अर्थतन्त्र प्रभावित, सुनदेखि लसुनसम्म महँगो
काठमाडौं, फागुन १० । चीनमा तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि त्यसको प्रभाव अहिले विश्वभरि देखा परिरहेको छ। उक्त प्रकोपका कारण नेपाल पनि प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित भएको छ।
नेपालमा अहिलेसम्म केवल एक जनामा मात्र कोभिड(१९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनमा सङ्क्रमण फैलिएपछि धेरै नेपालीहरू स्वदेश फर्किएका छन्। वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना अहिले पनि क्वारन्टीनमै छन्।
नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या घट्दा नेपाली अर्थतन्त्र विभिन्न किसिमले प्रभावित हुने देखिएको छ।
त्यसबाहेक चीनमा फैलिएको सङ्क्रमणका कारण नेपालमा सुनदेखि लसुनसम्म महँगो भएका छन्।
चीन विश्वकै व्यापार महाशक्ति राष्ट्र मानिन्छ। नेपालको पनि कुल आयातको झन्डै २० प्रतिशत चीनबाटै हुन्छ।















प्रतिक्रिया दिनुहोस्