सातै प्रदेशका प्रमुखले राष्ट्रपति समक्ष लिए शपथ

काठमाडौं । हालै नियुक्त भएका प्रदेश सभाका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेका छन्।

आज दिउँसो राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष सातै प्रदेशका प्रमुखहरुले शपथ लिएका हुन्।

सरकारले प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो।

शपथ कार्यक्रम उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुलीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्