पुँजी वृद्धि र मर्जर नीतिले बैंक तथा वित्तीय संस्थालाई बलियो बनायोः अर्थमन्त्री खतिवडा
काठमाडौं , फागुन ७ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले पुँजी वृद्धि र मर्जर नीतिले वित्तीय क्षेत्रलाई बलियो बनाएको बताएका छन् । बैंक अफ काठमाडूको २५ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले बुधबार गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पुँजी वृद्धि र मर्जर नीति अख्तियार गर्दा आफूले धेरै चुनौतीको सामना गरेको भन्दैे त्यही नीतिले वित्तीय क्षेत्रमा स्थायित्व कायम गरेको उनले सुनाए । कार्यक्रममा उनले बैंक अफ काठमाडू र लुम्बिनी बैंक मर्जर भएपछि थप बलियो बनेको बताउँदै मर्जले बैंकको नाफा पनि बढाएको उल्लेख गरे ।
आफू गभर्नर भएर राष्ट्र बैंक जाँदा १६ वटा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त रहेको र हाल तीमध्ये १४ वटा संस्था सञ्चालनमा आएको र बलियो पनि भएको उनले बताए । साथै उनले बैंकिङ्ग क्षेत्रको चुतौती साइबर आक्रमण रहेको उल्लेख गरे ।
यस्तै कार्यक्रमा मर्जर नीतिले बैंकको नाफा मात्र बढेको नभई कर्मचारीहरूको कार्यकुशलतामा पनि उच्च वृद्धि आएको भन्दै बैंक अफ काठमाडूका प्रमुख कार्यकारी अधिकृत शोधनदेव पन्तले गभर्नरको मर्जर नीतिको खुलेर स्वागत गरेका थिए ।
उनले भने, “मर्जर अगाडिको र पछाडि कर्मचारीको कार्यकुशलतामा ८८.५२ प्रतिशत वृद्धि आएको छ ।” उनले मर्जर अगाडि प्रति कर्मचारी उत्पादकत्व १२ लाख ९७ हजार रहेकोमा मर्जर पछाडि प्रति कर्मचारी उत्पादकत्व बढेर २४ लाख ४५ हजार पुगेको बताए । बैंक अफ काठमाडूको २५ औं वार्षिकोत्सव आज एक भव्य समारोहका बिच सम्पन भएको छ ।















प्रतिक्रिया दिनुहोस्