सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाण्डौ, ७ फागुन । सुनको मूल्य वृद्धिले नेपाली बजारमा अहिले सम्मकै नयाँ कीर्तिमान कायम बनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए संगै नेपालमा मङ्गलबार प्रति तोला ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको छ । यसअघि अमेरिकार र इरान बीचको सम्भावित युद्ध तथा त्यस अघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा अत्याधिक मूल्य बढेका कारण धेरै कारोबार नभएकोे गुनासो गरे ।
यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलो भन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलोमा सिमित भएकोे एक सुनचाँदी व्यवसायीले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्