साधना लघुवित्तकोे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको हाडिँखोला शाखामा आबद्द सदस्यहरुलाइ नेपाल राष्ट्र बैकका निर्देशक राजन विक्रम थापाको प्रमुख आतिथ्यतामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका २०० जना भन्दा वढि सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा थापाले ग्रामीण भेगमा आर्थिक रुपान्तरण सँगै महिला सशक्तिकरणमा लघुवित्त कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताको ज्ञान भए मात्रै लघुवित्त कार्यक्रमले सदस्यहरुमा उद्यमशिलताको विकास भई उनीहरुको जिवनस्तरमा समेत सुधार हुने थापाले बताउनु भयो ।
कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ्गले ग्रामिण विकासका लागि वित्तीय संस्थाहरुले महत्बपुर्ण भुमिका निर्वाह गरेको हुँदा वित्तीय सेवाको सहि उपयोग गर्न सबैलाइ आब्हान गरेका थिए । त्यस्तै राक्सिराङ्ग गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष राम कृष्ण प्रजा, सुर्योदय मा.वि का प्रधानाध्यापक दिपक कार्कीले उक्त कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए । त्यसै गरि वित्तीय संस्थाका प्रमुख कार्याकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण भेगमा वित्तीय सेवा सँगै वित्तीय साक्षरता आजको आबश्यकता रहेको हुँदा वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउने वित्तीय संस्थाको उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रममा वित्तीय संस्था कि बरिष्ठ प्रबन्धक सरिता ढकालले वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि वित्तीय सेवाको महत्बका साथै वित्तीय संस्थाको बचत तथा कर्जा योजनाको बारेमा जानकारी गराई उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्न प्रोत्साहन गर्नु भएको थियो र उक्त कार्यक्रम वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा संम्पन्न भएको थियो भने उक्त कार्यक्रममा हाडिखोला शाखाका शाखा प्रमुख मोहन कुमार धमलाले सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्