कैलालीमा ९६ बिद्यालय भवन निर्माण सुरु

काठमाडौं ।कैलालीमा ९६ बिद्यालय भवन निर्माण सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय कैलालीले विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने विद्यालय भवन, मर्मत सम्भार गर्नुपर्ने कक्षाकोठाका लागि सम्बन्धीत विद्यालयसँग सम्झौता गरी काम सुरु गरिएको हो ।

कैलालीका सहायक जिल्ला शिक्षा अधिकारी धर्मसिह ऐरले विभिन्न आवश्यकता र सुचकका आधारमा शिक्षा विभागमा पठाइएका विद्यालय मध्ये भवन निर्माणका लागि स्वीकृत भएकाहरुसँग सम्झौता गरेर निर्माण कार्य सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार सम्झौता अनुसार जिल्लामा ४ कोठे र २ कोठे गरी ९६ वटा नयाँ विद्यालय भवनको निर्माण थालिएको हो भने २ सय ८ कक्षाकोठाको मर्मत सम्भार गरिन लागेका हुन् ।

त्यस्तै २ कोठे ९० भवनका लागि प्रति कोठा ८ लाखका दरले २८ करोड ८० लाख बजेट प्राप्त भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसैगरी २ सय ८ कक्षाकोठाको मर्मत सम्भारका लागि प्रति कक्षाकोठा ५० हजारका दरले १ करोड ४० लाख बजेट आएको शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्र्तगत नै जिल्लाका विभिन्न विद्यालयमा पानिको सुविधासहितका ५० वटा सौचालय निर्माणका लागि ३ करोड बजेट छुट्याइएको छ । यसैविच विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत नै गत आर्थिक वर्ष २०७३÷७४ मा निर्माण सुरु गरिएका १० वटा ४ कोठे विद्यालय भवनको निर्माण कार्य पनि चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्