प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन कांग्रेसको दबाब, नलगाए संसद अवरुद्ध गर्ने चेतावनी

काठमाडौं , फागुन ६ । प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी र नाम टुंगो लगाउन दबाब दिएको छ । नलगाए संसद अवरुद्ध पार्ने कांग्रेसले चेतावनी समेत दिएको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अष्टभुजा पाठकले देशको स्थायी राजधानी र नामाकरणको विषय संसदमा प्रवेश नगराइ लम्ब्याउन खोजिएको आरोप लगाए । उनले अब पनि ढिला गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनले बताएका थिए ।

स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो ।केहि प्रदेशले टुंग्याए पनि केहिको भने अझै टु्ंगो लगाउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्