‘कामना सेवा फुटसल कप सिजन ६’ को खेल तालिका ९टाई(सिट ड्र०, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक
काठमाडौं, ११ कार्तिक । कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को खेल तालिका ९टाई(सिट ड्र०, जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक गरिएको छ । बैंकले कात्तिक ११ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको पूर्वतयारी सार्वजनिक गरेको हो ।
यस वर्षको प्रतियोगिता आगामी कात्तिक १४ र १५ गते काठमाडौंस्थित धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगिता मात्र नभएर खेलकुदमार्फत समाज र युवाहरूसँग जोडिने माध्यम भएको बताए । खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता प्रतियोगितालाई प्राथमिकताका साथ निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।
सो अवसरमा त्रिपाठीले फुटसल कपको ब्रान्ड एन्थम सार्वजनिक गर्नुका साथै सहभागी टोलीका व्यवस्थापकहरूलाई जर्सी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गत सिजन ५ का पुरुषतर्फका उपाधि विजेता सिद्धार्थ बैंक र महिलातर्फका विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले पनि आ(आफ्नो धारणा राखेका थिए । यस्ता आयोजनाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच आपसी भाइचारा र सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुग्ने उनीहरूले बताए ।
यस्तै, फिफा एएफसी एलिट असिस्टेन्ट रेफ्री हरीश कार्कीले प्रतियोगिताका खेल नियम, अनुशासन, फाउल तथा निर्णय प्रक्रियाबारे प्राविधिक जानकारी गराउँदै सबै टोलीलाई स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरे ।
कार्यक्रममा साफ फुटसल रेफ्री संगीता सुनुवार, एन्फा रेफ्रीहरू, विभिन्न टोलीका व्यवस्थापक, प्रतिनिधि तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले खेलकुद प्रवर्द्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने जनाएको छ ।






















प्रतिक्रिया दिनुहोस्