शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री, आज शपथ लिने

काठमाडौं, ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज दिउँसो राष्ट्रपतिसमक्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिदै सो कुरा बताएका हुन ।

समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्री पदबाट राजिनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ ।

प्रतिक्रिया दिनुहोस्