नेपाल राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिल विक्री गर्दै

काठमाडौं , फागुन ४ । नेपाल राष्ट्र बैंकले सोमवार रू.२ अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल विक्री गर्न लागेको बताएको छ । उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि माघ २७ गते रू. १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । बेला बेला बैंकले ट्रेजरी बिल विक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्