ज्ञानु बम र अर्जुन जोशि ‘बेताल गुरु,को संयुक्त प्रस्तुतीमा नयाँ गीत एक फेरा बोली दे सार्वजनिक (भिडियोसहित)

पार्वती पाठक- काठमाडौं, फागुन ४ । ज्ञानु बम र अर्जुन जोशि बेताल गुरुको संयुक्त प्रस्तुतीमा   एक फेरा बोली दे  DG नयाँ गीत सार्वजनिक भएको छ । गीत सुदुर धमाकाबाट हिजो मात्रै सार्वजनिक भएको हो ।

यस गीतमा स्वर गायक ज्ञानु बम र गायिका रेखा जोशीको रहेको छ । र्‍यापर अर्जुन जोशी ( बेताल गुरु )को शब्द तथा पदम धामीको लय रहेको गीतमा बिशेष सहयोगी रहणी मान जोरा ,महेन्द्र बम, भुबन नेपाली र भवानी रेग्मीको रहेको छ । गीतमा सुदुरका सान चर्चीत मोडल भवानी रेग्मी र अस्मीता बमको दमदार अभिनय देख्न सकिन्छ ।

मेरा प्यारा बोगटानको अपार सलतापछि नयाँ अर्को फरक खालको डिजेखालको कोसेली बजारमा ल्याए गायक बमले बताए । यस अघि बजारमा ल्याएको गीतले निकै माया र सफलता पाएको थियो । त्यो सफलता सँगै यो सांगीतीक कोसेली बजारमा ल्याएको बताउँदै यो गीतलाई पनि स्रोता दर्शकले त्यतिकै मनपराइ दिनु हुनेछ भन्नेमा आफु आशावादी रहेको उनले बताए ।

सुदुरपश्चिमका गायक बलमे देउडा सांगीतीक बजारमा अहिले गीत धमाधम ल्याइरहेका छन् । उनले ल्याएका गीतले बजारमा चर्चा समेत पाउने गरेको छ ।

यो गीत भने उनको अलि फरक किसिमको रहेको छ । डिजेपारा सम्बन्धी तयार पारेको गीतमा निकै राम्रो प्रस्तुती देख्न सकिन्छ । गीत बजारमा आएसँगै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्