जिपको ठक्करबाट असईको मृत्यु
काठमाडौं , फागुन २ । काभ्रेको बनेपामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
बनेपा नगरपालिका-१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।
भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्