भक्तपुरमा एउटै ट्याक्सीमा दुई मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, तीनजना घाइते

काठमाडौंं । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार दोलखा भिमेश्वर नगरपालिका–१३ का ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको हो । गम्भीर घाइते भएका बस्नेतको उपचारको क्रममा भक्तपुर अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको हो ।

गएराति ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा२ज २०४१ नम्बरको ट्याक्सीमा पछाडीबाट गइरहेको बा४४प ५१५२ र बा८५प ७०४६ नम्बरको दुईवटा मोटरसाईकल ठोकिएका थिए ।

दुर्घटनामा ५१५२ नम्बरका चालक रोशन कुमार बस्नेतको मृत्यु भएको हो । दुर्घटना सोही मोटरसाईकलमा पछाडी सवार काभ्रे कोशीपारी–८ का केदार खनाल, ७०४६ नम्बरका चालक दोलखाको शैलुङ्ग गाउपालिकाका मनोज योञ्जन र रामेछापका धावा मोक्तान घाइते भएका हुन् ।

घाइते सवैको भक्तपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीनवटै सवारी साधनलाई प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्