राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने २५ उत्कृष्ठ व्यवसायी सम्मानित, कोको भए ?
काठमाडौं , माघ २८ । सरकारले मुलुकबाट सबैभन्दा धेरै वस्तु निर्यात गर्ने, लगानी गर्ने र रोजगारी सिर्जना गर्ने २५ व्यवसायीलाई सम्मान गरेको छ।मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्ने १३ विधाका २५ निर्यातकर्ता, लगानीकर्ता तथा रोजगारदातालाई मङ्गलबार विशेष समारोहबीच ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी)को रूपमा सम्मान गरेको हो।
सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने २५ उत्कृष्ट उद्योगी व्यवसायीलाई सम्मान गरेको हो । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिएका आधारमा प्रदान गरिएको सीआईपी सम्मानद्धारा व्यवसायी चन्द्र ढकालसहित उद्योगी पवन गाल्यान, निर्वाण चौधरी, भवानी राणा लगायत २५ जना उद्योग व्यवसायीहरु सम्मानित भएका छन् ।
सम्मानित व्यक्तिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र सम्मान पत्रसहितले सम्मान गरेका छन् । साथै, सीआईपीद्धारा सम्मानित व्यक्तित्वहरुले राष्ट्रिय स्तरको बैठक तथा छलफलमा अग्राधिकार पाउनुका साथै देश विदेशमा हुने मेला तथा छलफल समेत सहभागिताको प्राथमिकता पाउने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जनाकारी दिए ।
यसका अतिरिक्त सम्मानित व्यक्तित्वहरुले त्रिभुवन विमानस्थलको अन्तराष्ट्रियतर्फ आईसीपी लाउन्ज र आन्तरिकमा भीआईपी लाउन्ज समेत प्रयोगको अवसर पाउने अर्यालले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार कुनै तानाशाही व्यवस्था ल्याउन नखोजेको, लोकतन्त्र प्रणालीलाई विकास गर्दै समृद्ध नेपाल बनाउन लागि परेको बताए। उनले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै भने, ‘कुनै कमिसनको माग सरकारले गर्दैन, यदि कसैले गरेको छ भने मलाई भन्नुस्।’ उनले निजी क्षेत्रलाई सधैँ सरकारको साथ रहेको पनि बताए।
उद्योग वाणिज्य तथा आपूर्ति राजमन्त्री मोतिलाल दुगढले निजी क्षेत्र समृद्ध भए देश पनि समृद्ध हुने बताए। कार्यक्रममा सम्मानित हुने व्यक्तिहरूको तर्फबाट बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारप्रति आभार व्यक्त गर्दै सम्मानले हौसला मिलेको बताइन्।
कुन क्षेत्रबाट कोको सम्मानित भए ?
धागो र ऊनी गलैंचाःरकमको आधारमा तेस्रो मुलकतर्फ सबैभन्दा बढि निकासी गर्नेहरुमा रामचन्द्र संघई, त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि, दोजे ग्याल्सेन लामा, दिसांग्रिला काट एण्ड ल्याण्डीकाफटस इण्डष्ट्रीज प्रा.लि रहेका छन् ।
तयारी पोशाक तर्फ राहुलमान शाक्य र काठमाडौं स्टार फेसन प्रालि सम्मानित भएका छन् । पश्मिना सल निर्यातमा सूर्यकुमार गुरुङ, सञ्चालक अध्यक्ष, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिड ईण्डष्ट्रीज प्रा.लि ।
ऊनी फेल्टमा उत्पादनः रवीन श्रेष्ठ एभरेष्ट फेशन प्रा.लि ।
भारततर्फ: हराङ्करत सिंह बेदी, डाबर नेपाल, दिव्यराज सापकोटा, युक्ति गोल्छा ।
चीनतर्फ : पेम्बा दोर्जे शेर्पा, न्यू हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौँ, विश्वराज बस्नेत, व्यवस्थापक, गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. ठमेल, मछिन्द्र पाण्डे, प्रोपाइटर, न्यु प्यागोडा इन्टरप्राइजेज, टोखा काठमाडौं ।
हस्तकलातर्फः गोपीप्रसाद कँडेल, पिपुल्स क्राफ्ट एक्सपोर्ट, बानियाटार, काठमाडौं ।
कृषिजन्य वस्तुतर्फः सजन कमार श्रेष्ठ, मनराम हिमालयन हयाण्डीकाफट प्रा.लि यालवाटार, काठमाडौ ।
जडीबुटीतर्फः निर्वाण कुमार चौधरी, सीजी बायोटेक प्रा.लि, सानेपा ललितपुर ।
महिला निर्यातकर्ताःराजलक्ष्मी गोल्छा, हलास वायर इण्डस्टीज लिमिटेड, विराटनगर मोरङ ।सुनिता शेर्पा, फेल्ट एण्ड यार्न प्रालि, नयाँ बजार काठमाडौं ।
पुरुषतर्फःअक्षय गोल्याण, रिलायन्स स्पिनीङ मिल्स प्रालि, कमलादी, काठमाडौ ।
सफ्टवेयर निर्याततर्फः दीपेश प्रधान, एलआरएम नेपाल प्रालि, मानभवन, ललितपुर ।
स्वदेशी श्रम र सीप प्रयोग गरी उद्योग सञ्चालन गर्नेः लीक शु कुवाङ, होङ्सी शिवम सिमेन्ट प्रालि, नक्साल, काठमाडौं ।
सबैभन्दा बढी रोजगारी श्रृजना गर्नेःपवन कुमार गोल्याण, रिलायन्स स्पिनिङ मिल्स लि कमलादी, काठमाडौं ।
विप्रेषणमार्फत बढि विदेशी मुद्रा भित्र्याउनेः चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेड, पानीपोखरी, काठमाडौं ।
पर्यटन क्षेत्रतर्फः होटल व्यवसायी सुरेशलाल श्रेष्ठ, तारागाउँ रिजेन्सी होटल्स लि बीड, काठमाडौं ।
वाणिज्य क्षेत्रको प्रवर्द्धनमाः भवानी राणा, नेपाल उद्योग वाणिज्य महासंघ, राजेशकाजी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्स, सतिशकुमार मोर, नेपाल उद्योग परिसंघ सम्मानित भएका छन् ।
















प्रतिक्रिया दिनुहोस्