’योजना बैक’ को औपचारिक सुरुवात, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
काठामडौं, २६ माघ । राष्ट्रिय योजना आयोगले ’योजना बैक’ को औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना बैकको आज उद्घाटन गरेका छन् । कुनै पन ओजनाहरु यस बैंकमा समावेश पएपश्चात मात्र योजनाहरु अगाडि बढ्ने छन् । केही वर्षदेखि सरकारले तयारी अवस्थामा रहेका आयोजनाको सूचीसहितको ’आयोजना बैंक’ स्थापना गरिएको हो ।
आयोजनालाई निर्दे्शिकामार्फत आयोगले आयोजना पहिचानदेखि कार्यान्वयन र त्यसको अनुगमनसम्मको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोडदिंदै यो बैंक ल्याइएका हो । आयोजना पहिचान, त्यसको वैकल्पिक मूल्यांकन, छनौट, प्राथमिकीकरण, क्षेत्रीय तथा लगानी सन्तुलन र कार्यान्वयन गरी आयोजना कार्यान्वयनको चरणलाई निर्दे्शिकामा समेटिएको छ ।
हरेक मन्त्रालयका योजना महाशाखाको जिम्मेवारी प्रभावकारी बनाउने गरी यो अवधारणा अघि बढेको छ । आयोजना बैंकमा कार्यान्वयन चरणमा पुगेका त्यस्ता आयोजना समावेश हुन्छन् ।
आयोगले ’आयोजना बैंक सूचना प्रणाली’ स्थापना मार्फत सूचना प्रणालीमा प्रविष्ट हुने आयोजना अघि बढाउन र कार्यान्वयन तहमा गइसकेका आयोजनाको पुनर्प्राथमिकीकरण गर्न सहयोग पुग्छ। यसमा आयोजना छनौट र कार्यान्वयनका तहसम्म पुग्दा अपनाउनुपर्ने सम्पूर्ण चरणहरु प्रष्टसँग उल्लेख गरिएका छन् ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको तयारी अघि बढाइसकेको छ। आयोजना बैंकमा समावेश भएका आयोजना मात्रै आगामी बजेटमा समावेश गराउने गरी काम अघि बढाइने छ ।
यसले विकास आयोजनालाइ थप सहज बनाउने छ ।















प्रतिक्रिया दिनुहोस्