सभामुखको काङ्ग्रेसलाई आग्रह – अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्नुस्
काठमाण्डौ , माघ २६ । नेपाली कांग्रेसले तिन पटक संसद अवरुद्ध गरिसकेको छ । आज पनि बैठक अवरुद्धका कारण स्थगन हुन पुग्यो । उपसभापति विजयकुमार गच्छदारको बचाउ गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद अवरुद्ध गर्दै आएको हो ।
यैसैबीच सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्न काङ्ग्रेसलाई आग्रह गरेका छन् । काङ्ग्रेसले आइतबारको संसद् बैठक पनि चल्न नदिएपछि सभामुखले यस्तो आग्रह गरेका हुन् ।
सभामुख सापकोटाले आइतबारसमेत गरी तीन पटकसम्म बैठक अवरुद्ध भएको भन्दै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सञ्चालनमा सहयोग गर्न काङ्ग्रेसलाई आग्रह गरे ।
संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने उनले बताए ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै काङ्ग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्