विराज भट्टको साङ्लोले चकनाचुर पार्‍यो सबै रेकर्ड, उर्लियो जनसागर , सेल्फी किङलाई कारबाहीको तयारी

काठमाडौं , माघ २६ । नायक विराज भट्टले निमार्ण तथा निर्देशन र अभिनय गरेको फिल्म सांग्लोले भने निकै दर्शकको माया पाएको छ । दुबै फिल्म एकै दिन प्रदर्शनमा आएका थिए । सुनसान रहेका हल नायक भट्टको फिल्मले हासफुल रहेको थियो भने दर्शकले एकदमै अत्ति राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच फिल्म ’सेल्फी किङ’ ले सेन्सर बोर्डको निर्देशन अवज्ञा गरेको खुलेको छ।

फिल्म निर्माण पक्षले फिल्म सेन्सरका लागि बुझाउँदा फिल्ममा प्रयोगका भएका अश्लील शब्द नबुझिने गरी बिप ध्वनी राख्न निर्देशन दिइएको थियो।

तर शुक्रबार हलहरुमा लागेको फिल्ममा यस्ता शब्द प्रष्टै बुझिने गरी नै प्रदर्शन गरिएका छन्। स्रोतका अनुसार फिल्ममा मदिराको ब्राण्ड नबुझिने गरी ब्लर गर्नसमेत बोर्डले निर्देशन दिएको थियो। तर फिल्म निर्माण टिमले बोर्डको सो निर्देशनसमेत पालना गरेको छैन।

बोडैले दिएको निर्देशन पालना नै नगरी फिल्म रिलिज गरेको खुलेपछि बोर्डले सो फिल्मको निर्माण समूहलाई कारबाहीको तयारी गरेको स्रोतले जानकारी दियो।

विपिन कार्की लगायतका कलाकारको अभिनय रहेको फिल्म कमजोर हुँदा यसको व्यापार सुस्त छ। एकातिर दर्शकले फिल्म रुचाएका छैनन्। अर्को्तिर बोर्डको निर्देशन अवज्ञा गर्दा कारबाहीको जोखिममा समेत फिल्म निर्माण पक्ष परेको छ।

प्रतिक्रिया दिनुहोस्