एक महिनादेखि रोकीएको पाम आयलको निर्यात सुचारु

माघ २६, काठमाडौ । नेपालले एक महिना देखि अवरोध गरेको पाम आयलको निर्यात सुचारु गरेको छ । यो सँगै अब यसको अवरोध पुर्ण रुपमा हटेको छ । उद्योग बाणिज्य तथा अपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सरकारको अथक प्रयासपछि पाम आयलको निर्यातमा देखिएको अवरोध हटेको बताएका छन् ।

भारत सरकारले पुस २३ गतेदेखि पाम आयलको आयातमा रोक लगाएको थियो । एक महिनाको अथक प्रयासपछि पाम आयालको निर्यात खुलाउन सफल भएको पनि राज्यमन्त्री दुगडले बताए ।

बाणिज्य सचिव बैकुण्ठ अर्याल नेतृत्वको टोलीले अवरोध हटाउन निर्णायक र औपचारिक वार्ता गरेको थियो । आइतबारबाटै नेपालबाट पाम आयल भारतमा निर्यात गर्न सकिने भएको छ ।

भारतमा पाम आयल आयातका लागि एउटा बिहारका कम्पनीलाई भारत सरकारले अनुमति समेत दिईसकेको समेत बताएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा भारत तर्फ ११ अर्ब ५२ करोड मूल्य बराबरको पाम आयल निर्यात भएको थियो । यसरी भारतले पाम आयलमा रोक लगाउँदा अर्थतन्त्रमा भने केहि असर पक्कै परेको थियो ।

प्रतिक्रिया दिनुहोस्