क्रिकेट रङ्गशाला बनाउन गाउँपालिकाद्वारा ११ लाख सहयोग
काठमाडौं, माघ २६ । यति बेला गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विभन्न सहयोगीमनहरुबाट आर्थिक सहयोग आइरहेको छ । देशको विकास गर्नकै लागि विभन्न दातृबाट रकम सहित सहयोग आइरहेको हो ।
यसैबीच निमार्णका लागि इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ ।
रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरे ।
रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्