मातृभाषामा उच्च शिक्षा प्रदान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन

काठमाडौं, माघ २४ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मातृभाषामा पनि उच्च शिक्षा प्रदान गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले शिक्षा सम्बन्धि केही संसोधन गर्ने विधेयकमा यो विषय समावेश गरिएको भन्दै मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

नेपालको संविधान वि.स. २०७२ ले मातृभाषामा पनि शिक्षा पाउने व्यवस्था गरेको भन्दै समितिकी सभापति जयपुरी घर्ती मगरले सो अनुरुप नै विधेयक बनाएको बताए । यस अघि माध्यामिक तह सम्म मात्र मातृभाषामा पढन पाठन हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्