साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ

काठमाडौं, माघ २४ । साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।

ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यायपूर्ण निर्णय गरेको भन्दै अख्तियारको कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।

प्रहरीले प्रदर्शनमा सहभागि केन्द्रिय सदस्य प्रकाशचन्द्र परियार र युवा संगठनका संयोजक अब्दुल मियाँ सहित १ दजर्नलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्