नेकपाका नेता नेपाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता, यस्तो भयो छलफल

काठमाडौं, माघ २३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री नेपाललाई भेट्न राजदूत वेरी कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए ।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेता नेपाल र राजदूत वेरीबीच भेटवार्ता भएको जनाएका छन्

नेता नेपाल र राजदूत बेरीबीच आपसी हित र चासोका विषयमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्