धनकुटामा अनिश्चितकालीन कर्फ्यू 

काठमाडौं । प्रदेश नं १ को राजधानी धनकुटा हुनु पर्ने मागसहित सुरु भएको आन्दोलनले बिहीबार उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख एसपी सुदिपराज भण्डारीले जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताए ।

उनका अनुसार पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्र्यू लगाइएको छ ।

आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ३ जना घाइते भएका छन् । र अहिले पनि आन्दोलनकारी र प्रहरीबीच ढुंगा हानाहान भइरहेको छ ।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ साथसाथै लाठी चार्ज समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्