अख्तियार सरकारको छाया बनेको आरोप लगाउँदै नेपाली कांग्रेसद्वारा संसद् अवरुद्ध

काठमाडौं,माघ २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना उपसभापतिलाई ’दुराशयपूर्वक’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको भन्दै बिहीवार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

सभामुख अग्नि सापकोटाले संसद् चल्न दिन आग्रह गरेका भए पनि कांग्रेस सांसदहरूले विरोध जनाएपछि सदनको बैठक माघ २४ गतेसम्मका लागि स्थगित भएको छ।

संसद्‌मा बोल्दै नेपाली कांग्रेसकी पुष्पा भुषालले आयोगले आस्थाका आधारमा सरकारी जग्गा अपचलनसम्बन्धी विषयमा मुद्दा चलाएको र त्यो आफ्नो दललाई मान्य नहुने बताइन्।

अहिलेसम्मकै सबैभन्दा ठूलो मुद्दा दायर गर्ने क्रममा आयोगले बुधवार पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएको छ।

प्रतिक्रिया दिनुहोस्