‘प्रेम गीत ३’ को गीत युट्युबको नम्बर वान ट्रेन्डिङमा (भिडियोेसहित)

काठमाडौं , माघ २३ । नेपाली चलचित्र ‘प्रेम गीत ३’ मा समावेश ‘हात्ती ढुंगामा’ नेपालमा युट्युब ट्रेन्डिङको नम्बर एकमा पुगेको छ । फिल्मको गीत रिलिजको दुई दिनमा नम्बर एकमा पुग्न सफल भएको हो ।

गीतमा सागर आले र मेलिना राईको आवाज रहेको छ भने गीतका शब्दलाई हर्क साउदले लेखेका हुन् कल्याण सिंहले संगीत दिएका हुन् ।युट्युबमा प्रयोगकर्ताले गीत मन परेको प्रतिक्रिया दिएका छन् । कतिपयले भने यो गीत हिन्दी फिल्म ‘पद्मावत’ मा समावेश एक गीतसँग मिलेको टिप्पणी पनि गरेका छन् ।

मुस्ताङमा खिचिएको यो गीतमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा, माओत्से गुरुङ लगायतका कलाकारलाई देख्न सकिन्छ । फरक शैलीको यो गीत धेरैले रुचाएका छन् ।एक बन्देज प्रेमकथा भनिएको यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, छेतेन गुरुङ र मन्दिप गौतमको लेखन तथा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्ममा मुख्य लगानी सन्तोष सेनको रहेको छ भने निर्देशन निर्माता सेन र छेतेन गुरुङको रहेको छ ।प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको यो फिल्म वर्षको प्रतीक्षित फिल्ममध्ये एक हो ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ

 

 

प्रतिक्रिया दिनुहोस्