राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा शुक्रवार हुने

काठमाडौं , माघ २३ । राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ । बैंकले १३ औं वार्षिक साधारण सभा शुक्रवार बोलाएको हो ।सभामा गत आवको वार्षिक प्रतिवेदनसँगै १२ प्रतिशत नगद लाभांश पारित हुनेछ । सभाको विशेष प्रस्तावमा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने रहेको छ ।

हाल कायम रू. ९ अर्ब ४७ लाख ९५ हजार चुक्तापूँजीको आधारमा बैंकले नगद लाभांश दिन लागेको हो । गत असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा रू. १३ अर्ब ७१ करोड ७१ लाखभन्दा बढी रकम रहेको छ ।

त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ३० करोड ६३ लाख ११ हजार रहेको छ । यस बैंकले पछिल्लो वित्तीय विवरण भने हालसम्म सार्वजनिक गरेको छैन ।

सरकारी स्वामित्वमा रहेको यस बैंकले हालसम्म सर्वसाधारणलाई शेयर जारी पनि गरेको छैन । सभा बैंकको केन्द्रिय कार्यालय, सिंहदरबारमा दिउसो २ बजे बोलाएका छ ।

प्रतिक्रिया दिनुहोस्