यस्ता व्यक्तिले पिउनु हुँदैन ग्रिन टी ! जानीराखौं

काठमाडौं, माघ २२ । भनिन्छ, ग्रिन टी निकै स्वस्थकर हुन्छ । त्यसैले आजभोलि ग्रिन टी पिउने प्रचलन निकै बढेको छ । तर, स्वस्थकर हुँदाहुँदै पनि ग्रिन टी कतिपयका लागि चाहिँ हानीकारक हुनसक्छ । त्यसैले केही व्यक्तिले चाहिँ ग्रिन टी पिउनै हुँदैन । त्यस्ता केही व्यक्ति जसले ग्रिन टी पिउनु हुँदैनः
रक्तचाप न्यून भएका व्यक्तिले खाली पेटमा ग्रिन टी पिउनु हुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिने चिकित्सकहरुले बताएका छन् ।

-महिनावारी भएको तीन दिनसम्म ग्रिन टी खानु हुँदैन ।

-गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नु हँदैन ।

-स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।

-किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नु हुँदैन ।

-हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।

-रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।

कति पिउने ?
-स्वस्थ मानिसले दिनको तीन कपसम्म ग्रिन टी पिउँदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्